नियम १८
अन्तिम नतिजा प्रकाशन गर्ने
: (१) आयोगले उम्मेदवारको छनौट सम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न भए पछि सबै चरणका परीक्षा तथा शैक्षिक योग्यता वापतको कूल अङ्कको आधारमा सबै भन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारको रोल नम्बर, नाम, ठेगाना समेत उल्लेख गरी योग्यताक्रम अनुसार अन्तिम नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अन्तिम नतिजा प्रकाशन गर्दा आयोगले तोकेको सङ्ख्यामा वैकल्पिक उम्मेदवारको सूची समेत प्रकाशन गर्नु पर्नेछ ।
तर वैकल्पिक उम्मेदवारको सूची प्रकाशन गर्दा पर्याप्त सङ्ख्यामा उम्मेदवार उपलव्ध हुन नसकेमा कम सङ्ख्यामा पनि सूची प्रकाशन गर्न सकिनेछ ।